काठमाडौँ , १९ असोज । स्थानीय बाफलचोकमा रहेको भेरी ढुवानी सेवामा गए राति आगलागी भएको छ । आगलागीबाट लाखौँ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
राति १२ बजेतिर भएको आगलागी तीन दमकलले झन्डै एक घन्टामा नियन्त्रणमा लिएको नेपाल ढुवानी व्यवसायी सङ्घका महासचिव अच्युत खनालले जानकारी दिनुभयो ।
पूर्ण क्षतिको विवरण भने आइनसकेको बताइएको छ । रासस

0 comments:
Post a Comment