सन् २००४मा स्थापना भएको फेशबुकको प्रयोगकर्ताको संख्या दिनहु बढ्दो छ | सोसल नेटवर्किंग साइटमा सबै भन्दा पहिलो स्थानमा आएको छ फेसबुक | फेसबुकका सस्थापक मार्क जुकरबर्ग बिहीबार एक अमेरिकी टेलिभिजनलाई अन्तरबार्ता दिदै हरेक महिना १ अर्ब भन्दा बढी व्यक्तिले फेशबुक चलाउने गरेको बताएका छन् |
उनले भने " एक महिनामा एक अर्ब भन्दा बढी व्यक्तिलाई एक अर्कामा जोड्न मदत गर्नु आस्चर्यजनक छ र मैले यो कार्य गर्न सकेकोमा मा आफुलाई गौरवान्वित ठान्दछु | "
एक ताजा रिपोर्ट अनुसार महिनामा करिब १ अर्ब भन्दा बढीले फेसबुक प्रयोग गर्ने गरेका छन् भने करिब ६० करोड फेशबुक प्रयोगकर्ताले मोबाइलबाट फेसबुक चलाउने गर्दछन |

0 comments:
Post a Comment