लगभग हजार किलो तरकारी प्रहरी द्वारा नष्ट

By
Advertisement
प्रहरिले आज कालिमाटी स्थित तरकारी बजारमा बेच्न राखिएको लगभग एक हजार किलो (१० बोरा) परवर तरकारी नष्ट गरेको छ |

उक्त परवरमा ताजा जस्तै देखाउन हरियो रंगको केमिकल लगाएर बिक्रीको लागि राखिएको थियो | उक्त केमिकल लगाएको परवर खाँदा स्वास्थ्यमा नकारात्मक असर पुर्याउने र क्यान्सर जस्तो भयानक रोग लाग्छ |



उक्त परवर बंगलादेशबाट भारत हुदै नेपाल आएको थियो | यस अघि करिब ३० टन जति परवर सहित एक ट्रक पक्राउ गरिएको थियो भने अझ १० टन जति परवर बजारमा गैसकेको जानकारी पाइएको थियो |

बढी महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले कालिमाटी फलफूल तथा तरकारी बजार समिति तथा व्यापारीको रोहवरमा आज उक्त हजार किलो परवर नष्ट गरिसकिएको छ |

0 comments:

Post a Comment