महंगी र कालोबजारी बढ्दै गए पछि सरकारले दैनिक उपभोग्य बस्तुको अधिकतम बिक्रि मूल्य तोकिदिने भएको छ | वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव लालमणि जोशीका अनुसार दैनिक उपभोग्य तथा अत्याबस्यक सामग्री जस्तै नुन, तेल, चामल, दाल, चिनीहरुको अधिकतम बिक्रि मूल्य सरकारले बुधबार सम्म सार्बजनिक गर्नेछ | यसको बारेमा सोमबार सम्ममा बैठक बसी निर्णय लि मूल्य निर्धारण गर्ने पनि बताइएको छ | सरकारले मूल्य निर्धारण गरेपछि ब्यबसायीले सामान निर्धारित मुल्यमा नबेचे कालोबजारी एक अन्तर्गत त्यस्ता ब्यापारीलाई कारबाही हुने छ |
मूल्य निर्धारण गरेपछि त्यहि मुल्यमा ब्यापारीले बेचेको छ वा छैन भन्ने पनि सरकारले अनुगमन गर्नेछ | त्यस्तै अहिले भइरहेको मूल्य वृद्धिलाइ हटाउन ठुला गोदाममा पनि छापा मर्ने तयारी सरकारले गरेको छ |
वाणिज्य तथा आपूर्ती व्यवस्थापन विभागका महानिर्देशक नाराणप्रसाद बिडारीका अनुसार अब कालोबजारी गर्नेलाइ कारबाही हुने र अहिले भइरहेको सामानको आपूर्ति ब्यबस्थित हुनुका साथै बजार मूल्य पनि नियन्त्रण हुने छ |
तर तरकारीको भाउको बारेमाभने सरकार अझै सम्म मौन रहेको छ | यस बारे कुनै सरकारी अबधारणा बनेको खबर प्राप्त भएको छैन |

0 comments:
Post a Comment