पुत्ला जलाउदा आफ्नै अनुहार जलेपछि ( फोटो सहित )

By
Advertisement
पेट्रोलियम पदार्थको मुल्यवृद्धिको बिरोध गरिरहेका बिद्यार्थीलाई एक्कासी अर्को आपद आइ लाग्यो | प्रधानमन्त्रीको पुत्ला दहन गर्ने क्रममा बिद्यार्थिहरुको नै अनुहारमा आगो लाग्यो |

बिरोधको क्रममा जलाउन बोकेर ल्याइएको पुत्ला प्रहरीले खोस्लाकी भन्ने सोचेर साघुरो घेरा बनाई हतार हतार पुत्लामा आगो लगाउदा सागर धितालको अनुहारमा पनि आगो सल्कियो |


काठमाडौँको घण्टाघर नजिकै थोरै संख्यामा रहेका एमाले निकट विद्यार्थी संगठन बिद्यार्थीहरुले हतार हतार पुत्लामा पेट्रोल छर्किदा सागर धितालको अनुहारमा पनि पेट्रोल परेको थियो | हतारमा पेट्रोल परेको यादै नगरी पुत्लामा आगो लगाउदा उनको पेट्रोल परेको अनुहारमा पनि आगो सल्कियो र जल्न पुग्यो |

पुत्लाको नजिकै भएका कारण पुत्लामा लागेको आगोले शिखर शाह, रामकिशोर सिंह 'पराग'लाइ पनि भेट्यो | पुत्ला जलाउन लगाएको आगोले साथीहरु नै जल्न थालेपछि मूल्य वृद्धिको बिरोधमा घन्किएको नारा रोकियो र साथीलाई लागेको आगो निभाउने तर्फ बिद्यार्थीहरु लागे | अनुहारमा लागेको आगो निभाउन विद्यार्थी फलफूल पसल तिर दौडे र पसलेले पानी खन्याइदिए पछि अनुहारको आगो निभ्यो |



















आगोले डढेका साथीहरुलाई अरु कार्यकर्ताले मोडल अस्पताल पुर्याएका थिए र त्यहाँ उनीहरुको उपचार भैरहेको छ |
तस्बिर: इकान्तिपुर

0 comments:

Post a Comment