प्रेमिका संग बिहे गर्न नपाएको झोकमा गोलि हानेर हत्या

By
Advertisement
तपाई आफ्नो प्रेमिकाको बिबाह उनका बाबुआमाले जबरजस्ती अरु कुनै केटा संग बिबाह गरिदिए भने के गर्नु हुन्छ ?? हामी मध्ये धेरैले त होस् न त भनेर चित्त नै बुझाउने गर्छु होला | केहि ले भने त्यसको बिरुद्धमा केहि आवाज उठाउनु हुन्छ होला, बिहेको कुरा थाहा पाएपछि प्रेमिकालाई लिएर भाग्नु हुन्छ होला | तर भारतका एक प्रेमीले भने आफुसंग बिहे नगरिदिएको भन्दै आफ्नो केटि साथी (प्रेमिका ) र उनका परिवार सहित ५ जनाका हत्या नै गरेका छन् |


अत्याधुनिक बन्दुक लिएर हिडेका २५ बर्षीय रविले सुरुमा उनको केटि साथी र केटि साथीको श्रीमानलाइ गोलि हानेर मारेपछि केटीको बाबु र बहिनिको हत्या गरेको विभिन्न भारतीय मिडियाहरुले जनाएका छन् |रबि केटी र उनको श्रीमान दुबैको हत्या गरेर हातमा बन्दुक लिएर केटीको माइतीमा पुगेर हत्या गरेको भारतीय समाचार समिति प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको सौर्य दैनिकले लेखेको छ |

केटीको बिबाह करिब १ वर्ष अघि नै भएको भए पनि हाल सम्म केटि संग उनको सम्बन्ध रहदै आएकोले केटीका आमा बुबाले कुरा काट्ने गरेका थिए | आफ्नी प्रेमिका संग बिबाह गर्न नदिएको भन्दै केहि पहिला पनि केटीका बाबु आमासंग भनाभन गरेका उनले उक्त हत्या गरेको बताइएको छ | पहिला बिबाह गर्न नदिनु र पछि सम्बन्ध रहदै आएको थाहा पाएपछि कुरा काट्नुले रबि निक्कै नै रिसाएका कुरा आफुहरुले पनि थाहा पाएको एक बरिष्ठ प्रहरी अधिकृतले बताएका छन् |

अरुको हत्या गरिसकेपछि उनले आफ्नो पनि हत्याको प्रयास गरेको समाचार आए पनि उनको अबस्था कस्तो छ भन्ने बारेर समाचारमा खुलाइएको छैन |

भारतमा अझै सम्म पनि आफ्नो छोरा छोरीको लागि बाबुआमाले नै बर बधु खोज्ने परम्परा कायमै छ | तर, आर्थिक समृद्धिसँगै भारतमा पनि केटा र केटीले आफै बर बधु रोज्ने र ब्यबस्था गर्ने र बाबुआमाले जबरजस्ती गरेर बिबाह गरिदिदा यस्तै आपराधिक क्रियाकलाप गर्ने तिर उन्मुख भएको देखिएको छ | भारतमा सर्बसाधारण व्यक्तिले यस्ता शक्तिशाली हतियार राख्ने अनुमति नभए पनि हिजो आज अबैध हतियार प्रयोग गर्नेहरुको सख्या बढ्दै गएको छ | - एजेन्सी

0 comments:

Post a Comment