गत २ दिन देखि नेपाली मिडियामा एक नामले निक्कै चर्चा पाइरहेको छ, 'बुङ्गा बुङ्गा' | यो के होला त ? एक नेपालीले अज्ञात स्थानमा सेक्स पार्टी गर्ने गर्दै सामाजिक संजाल फेसबुक बाट आह्वान गरेका थिए | त्यहि पार्टीको नाम उनले राखेका थिए 'बुङ्गा बुङ्गा'| 'बुङ्गा बुङ्गा'सेक पार्टी गर्ने भन्दै फेसबुक मा नक्कली नाम 'कृष केष' राखेर फेसबुक बाट पार्टीमा आउन आह्वान गर्ने एक नेपालीलाइ प्रहरीले पक्राउ गरेको छ |
मोरंग घर भएका कीर्तन पोख्रेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली नाम गरि फेसबुक बाट गैरकानुनी रुपमा यौन पर्यटन र यौन ब्यबसाय गर्न लागेको भन्दै पक्रेको हो |
पोख्रेलले फर्जी नामको फेसबुक एकाउन्ट बनाई उक्त एकाउन्टको वालमा आफुले 'बुङ्गा बुङ्गा' पार्टी इभेन्टको आयोजना गर्न लागेकोले आउन चाहने लाइ सम्पर्क गर्न भनेका छन् | उनका अनुसार पार्टीमा १० देखि १७ बर्ष सम्मका किशोरी मात्र समाबेश हुने र पार्टीमा आउनेहरुले ती किशोरीबाट मनोरंजन प्राप्त गर्न सक्नेछन |
अतिगोप्य ठाउमा गर्ने भनिएको उक्त पार्टीको लागि बिदेशमा हुनेले जहाज खर्च सहित प्रतिव्यक्ति २ हजार युरो र नेपालमा हुनेले ७ सय युरो तिर्नु पर्ने हुन्छ |
सामाजिक संजालको दुरुपयोग गरि रकम ठगि गर्ने तथा अन्तरास्ट्रिय रुपमा नै यौन पर्यटन गर्न उनले गरेको प्रयास पहरीले असफल पारिदिएको छ | विभिन्न फर्जी (नक्कली ) बनाइ विभिन्न व्यक्तिहरुलाई किशोरीहरुको नग्न तस्बिर इमेल समेत गर्ने उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गत आवश्यक अनुसन्धान गरि कारबाही गर्न ब्युरोले काठमाडौं प्रहरी परिसर हनुमानढोकालाइ सुम्पेको छ |

0 comments:
Post a Comment