बन्द सम्बन्धि कानुन नबन्दा नेपालीहरु बन्दको मारमा अझै

By
Advertisement

नेपालमा धेरै जसो दिन बन्द हुने गर्दछ | यति सम्म कि कुनै गाउमा बुढा बुढी झगडाले पनि त्यो क्षेत्रको बाटो बन्द हुन्छ |

सडकभरी हास र कुखुरा छाडिएका हुन्छन तर ती हास र कुखुरा गाडीले किच्यो भने ५०० पर्नेको ५००० तिर्दा पनि कुरा मिल्दैन |

सरकार गतिलो नहुनाले नेपालीहरुले दिनहु यस्ता घटनाको कारणले हुने गरेका बन्दको मार खेप्न बाध्य छन् |

त्यस्तै आज पनि बिहान ६ बजे देखि १० बजे सम्म सरकारले राजिनामा दिनु पर्ने भन्दै एमाले निकट युवा संघले गरेको चक्काजामका कारण राजधानीबासी मारमा परेको छन् |

यसरि जुन पायो त्यहि कारण देखी बन्द गर्न मिल्छ त | सत्ताको लडाईमा किन सोझा जनतालाई सास्ती दीइदै छ त ?

बन्द बिरुद्ध कानुन तयार गर्न सर्बोच्चमा यस अघि नै रिट परे पनि कुनै कारबाही भएको छैन |

अधिवक्ता भोजबहादुर केसीले दायर गरेको रिटमा हाल सदन नभएको अवस्थामा अन्तरिम संविधानको धारा ८८ बमोजिम अध्यादेशमार्र्फत त्यस्तो कानुन तुरुन्त ल्याउन सरकारका नाममा आज्ञा, आदेश वा पुर्जी जारी गर्न माग गरिएको छ ।
यो पनि हेर्नुहोस

0 comments:

Post a Comment