सिरियामा यस्तो छ नरसंहार ( फोटो फिचर )

By
Advertisement

सिरियामा भएको अहिले सम्मको ठुलो नरसंहारको घटना सार्बजनिक भएको छ | सिरियाको राजधानी दमिश्क नजिकै सेनाले गरेको कारबाहीमा ३२० जना मारिएका छन् | सिरियन अब्जरभेटरी फोर हुम्यान् राइट्सले पछिल्ला २ दिन मा नै ३२० भन्दै बढी को शब फेला परेको दाबी गरेको छ |

पछिल्लो १७ महिना देखि रास्ट्रपति बशर अल असद बिरुद्ध बिद्रोह गरिरहेकाहरुलाइ यसरि एक्कै दिन ठुलो संख्यामा मारिएको यो नै पहिलो घटना हो | यसरि धेरैको शब भेट्टिए पछि सिरियामा ठुलै तहल्का मच्चिएको छ |
सेनाले नजिकै बाट गोलि हानेर निर्ममता पुर्बक हत्या गरेको बिद्रोहीको भनाइ छ | बिद्रोहिले युट्युब मा एक भिडियो पनि पोस्ट गरेका छन्, उक्त भिडियोमा मस्जिद वरिपरी शब राखिएको देखिएको छ भनेर अनलाइन मिडियाहरुले लेखेका छन् |


शनिबार सेनाले हवाई आक्रमण गरेपछि त्यहाका साधारण जनता पनि बिद्रोहीको क्षेत्रमा भाग्न बिबस भएको र उनीहरुलाई त्यहि मारिएको थियो | तर सरकारी पत्रिकाले भने आतंकारीको कब्जाबाट त्यस क्षेत्रलाई मुक्त पर्न कारबाही गरेको बताएको छ |

धेरै व्यक्ति शब भेटिएपछि सिरियाको यो कदमको व्यापक बिरोध भएको छ |



-एजेन्सी

0 comments:

Post a Comment