महिलाहरुले सेक्स हड्ताल गर्ने रे सरकार ढाल्नलाई

By
Advertisement
वास्तबमै यो दुनिया अचम्मको छ यहाँ दिनहु अचम्म अचम्मका घटनाहरु घट्ने गर्दछन | टोगो, एक अफ्रिकी देश, जहाँ सरकार बिरुद्ध आन्दोलन भइ रहेको छ | हाम्रो देशमा भए सरकार ढाल्नको लागि भनेर चक्काजाम हुन्थ्यो , बन्द हड्ताल हुन्थ्यो, उस्तै परे सडकमा टायर सम्म पनि बल्थ्यो |

तर टोगो मा अचम्मको हड्ताल सुरु भएको छ सरकार ढाल्नको लागि | सेक्स हड्ताल, एक हप्ताको लागि सुरु भएको यो हड्ताल सोमबारबाट नै सुरु हुने छ |
Let’s Save Togo भन्दै यो अभियान चलाइएको छ |


टोगो सरकारले सरकारको बिरोध गर्ने धेरै प्रदर्शनकारीलाई केहि समय अघि पक्रेको थियो | पक्राउ परेकाहरुका रिहाइका साथै सरकार प्रमुखको राजिनामाको माग गर्दै सेक्स हड्ताल सुरु गर्न शनिबारको र्यालीमा राष्ट्रपतिको घोर बिरोधि तथा बिपक्षी दलको नेता इसाबेले सबै महिलालाइ अपिल गरेकी थिइन |

स्टफ डट को डट एन जेटका अनुसार हड्ताल अबधिभर कुनै पनि महिला आफ्ना श्रीमान वा पाटनर संगै बस्न वा सुत्न मिल्दैन | लगभग ७० लाख जनसंख्या भएको यस टोगोमा धेरै जनाले यो आन्दोलनमा समर्थन जनाएका छन् र आफ्नो श्रीमानलाइ एक हप्ताको लागि टाढा रहन भनिसकेका छन् |

केहिले भने १ हप्ता लामो समय भएको भन्दै यो कार्यक्रमको बिरोध पनि गरेका छन् |


0 comments:

Post a Comment