
फोहोर बाट नै बिजुली निकाल्न तयारी गरिरहेको बालाजी बायोमास बि्रकेट कम्पनी प्रालीले फोहोरबाट विद्युत निकाल्न ओखरपौवामा मेसिन राख्ने काम गरिरहेको छ |
‘फोहोरलाई मोहोरमा रुपान्तरण गर्ने प्रक्रियामा हामी लागेका छौं,’ बालाजी कायोमास कम्पनीका प्रोजेक्ट इन्जिनियर तगा टेक्निकल डाइरेक्टर अभिषेक श्रेष्ठले भन्नुभयो ।
पहिलो चरणमा आगमी फागुनभित्र ३ दशमलब ५ मेगावाट विद्युत उत्पादन गरिसक्ने कम्पनीको योजना रहेको खबर अभियान दैनिकले छापेको छ । ‘साढे तीन मेगावाट विद्युत उत्पादनका लागि १ सय ५० देखि २ सय मेट्रिकटन फोहोरको खपत हुने अनुमान छ,’ श्रेष्ठले भन्नुभयो ।
एक मेगावट बिधुत उत्पादन गर्न नै ४०/५० जना कामदार लाग्ने हुनाले जलबिधुत भन्दा यो अलि महँगो भए पनि काठमाडौँको फोहोर पनि ब्यबस्थापन हुने र अत्यधिक लोडसेडिंग को मार खेपिरहेका उपत्यका बासिलाई भने अबस्य नै केहि राहत मिल्ने छ |
0 comments:
Post a Comment