
कुनै बेला जनयुद्ध भन्दै बन्दुक उचालेका माओबादीका संस्थापक मध्येका एक बाबुराम यतिखेर सरकारको नेतृत्व गर्दै प्रधानमन्त्रिको कुर्सीमा छन् | तर उनी सर्वहाराका नेताले बागमती किनारका सुकुम्बासीहरुको बास नै उठायो |
पुनर्स्थापनाको कुनै योजना बिना नै डाक्टरसा'बले सुकुम्बासीहरुको घरटहराहरु भत्काए | तर पटक पटकको प्रयासमा पनि उनले सुकुम्बासीको पुनर्स्थापना त के अस्थायी बासस्थानसमेतको जोहो गराउन सकेनन |
बिना योजना नै यसरि सुकुम्बासीको बिल्लीबाठ पर्ने प्रधानमन्त्रीसंग निहु खोजेर भनौ वा आफ्नो क्षेत्रमा सुकुम्बासीलाई पुनर्स्थापना गराउन आँटेका प्रधानमन्त्रिलाई ड्यास दिने उद्देश्यले उक्त क्षेत्रका सर्वसाधारणले बन्दको कार्यक्रम गरे |
सोचियो जनताहरु आफैं जागरुक भएछन | तर यत्राको जागरुक हुनु जनता तिनलाई उचाल्ने त नेतै पो रहेछन त नत्र कहाँ त्यति बुद्धि र हुत्ति हुनु र त्यताका स्थानियबासिसंग पनि |
जहिले पनि नेताकै पछी लाग्नेले नेता नभएपनि मिलेर आलोचना चाही गर्ने भएछन भन्ठानेको त नेताकै सक्रियतामा पो आन्दोलन भैरहेको रहेछ त | त्यो पनि अरु नेता भए त हुन्थ्यो नि कम्युनिस्ट नेता नै रै'छन सुकुम्बासीलाई राख्न नदिने भन्दै उचाल्ने पनि |
यता क.डाक्टरको कामचलाउ सरकारले माधव कमरेडलाई माथ देला जस्तो भैसक्यो उता अर्का कमरेड बाबुराम कमरेडको बिरोध गर्न मौका छोपेर बसेका रैछन तिनले मौका पाइहाले |
फेरी मुर्ख आन्दोलनकारीहरुलाई यति पनि थाहा छैन कि के हो कुन्नि ललितपुर बन्दले सरकारलाई केहि असर गर्दैन |
अझ स्पष्ट भन्नु पर्दा सरकारको रौँ पनि हल्लाउन सक्दैन ललितपुर बन्दले | तर दुख पाउने ललितपुरबासि नै हुन् | अनि कस्तो आफैलाई दुख दिने बन्द गरेका हुन् त यी मुर्ख बन्दकर्ताहरुले ??
Source
0 comments:
Post a Comment