मरेका सिनोका टुक्राहरु छ खानेपानीमा, यस्तै फोहोर पानी खान्छन काठमाडौँका बासिन्दा( With video )

By
Advertisement

खानेपानी सस्थानबाट वितरित पानी त सफा हुनु पर्ने हो तर हामी काठमाडौँ बासिले खाने पानी साच्चै नै फोहोर नै फोहोर छ | खानेपानी सस्थानमा पानी फिल्टर गर्ने मेसिन त छन्, तर बिग्रिएर कामै नलाग्ने अबस्थामा रहेका |

हेर्दा देख्दा लाग्छ हामी कसरि जिबित छौ भनेर, पानी जस्तो अत्यावश्यक कुरामा यस्तो हेलचेक्राई गरिएको छ | हेर्दा नै ढलको फोहोर जस्तै देखिने यो पानी खान काठमाडौँ बासिन्दा बाध्य छौं | हप्तामा १ दिन आउछ पानी त्यो पनि यस्तो फोहोर |

वास्तबमा यहाँ कसलाई फुर्सद छ र यस्तो गम्भीर बिषयमा सोच्ने र विचार गर्ने | उपभोक्ता महासघ त छ तर बेकामको | कुनै कुनै बेला नाम सुन्न/देख्न पाइन्थ्यो नेपालि मिडियामा | हिजो आज त धेरै भयो यसको नाम नसुनेको |

हामी जनता पनि उस्तै छौं नचाहिने कुरामा भए चाही आदोलन गर्न तम्सिन्छौ | तर स्वास्थ्य जस्तो सम्बेदनशिल कुरामा भने हामी चासो नै देखाउदैनौ |

आउनुस हिमालयन टेलिभिजनको प्राइम न्युज मार्फत प्रशारण भएको यो खानेपानी कहानी .... कस्तो पानी खादै छौं हामीले

0 comments:

Post a Comment