
संरक्षक बनेका उक्त दम्पत्तिले आफ्नो नाम भने सार्बजनिक नगर्न आग्रह गरेकाले संचार माध्यममा उनीहरुको नाम प्रकाशित भएको छैन । जिल्ला बालकल्याण समितिले बिहिबार ती निसन्तान दपत्तिलाई बच्चा जिम्मा लगाई सकेको छ । ती दम्पति ब्यबसायी रहेको बुझिएको छ ।
बालक भिष्मलाइ आमाले जंगलमा छाडेको २२ घण्टा पछी प्रहरीले उद्दार गरेर पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराएको थियो । अस्पताल उपचार गराउदा गराउदै भिस्मका बाबु पनि भीष्मलाइ छाडेर हिडेका थिए, बाबु भागेपछि बालकलाई अस्पतालले प्रहरीलाई जिम्मा लगाएको थियो भने प्रहरीले बाबु तथा अन्य आफन्तलाई बच्चा लिन आउन बारम्बार खबर गर्दा पनि बालक लिन नआएपछि प्रहरीले संरक्षकको खोजी गरेको थियो ।
नेपाली संचार माध्यममा बच्चा अलपत्र परेको समाचार प्रकाशित भएपछि धेरै परिवारले इच्छा देखाएको भएपनि इच्छुक मध्ये आर्थिक हिसाबले सम्पन्न र पारिवारिक हिसाबले निसन्तान दम्पती छानेर बच्चा हस्तान्तरण गरिएको जिल्ला बालकल्याण समितिले जनाएको छ ।
समितिले बालबालिकासम्बन्धी ऐनको प्राबधानअनुरुप बालकको संरक्षक तोक्ने काम गरेको र भविष्यमा पनि त्यस्तो कुनै कानुनी विवाद नआउने गरी प्रकृया पुर्याइ बालकलाई हस्तान्तरण गरिएको प्रहरी नायव उपरीक्षक तथा जिल्ला बालकल्याण समितिका सदस्य श्यामकृष्ण अधिकारीले बताउनु भएको छ ।
भिष्मलाइ पाउने परिवारले पनि अत्यन्तै खुसि लागेको र कोखको सन्तानकै माया दिएर राख्ने बताएका छन् ।
गत जेठ ७ गते मंगलबार दिउसो चितवनको नारायणगढकी मिना परियार(पौडेल)ले आफ्नो ११ महिनाको छोरा भिष्मलाइ पर्वतको मुडिकुवा गाविसमा पर्ने सिर्सुवाको जंगलमा छाडी आफु भने प्रेमी संग रात बिताउन गएकी थिइन् ।
तस्बिर : उज्यालो अनलाइन