बस दुर्घटनामा २ को मृत्यु ४ घाइते

By
Advertisement
नेपालगञ्जबाट धनगढीतर्फ एक बस कैलालीमा दुर्घटना हुदा २ जनाको मृत्यु भए छ भने अन्य चार जना घाइते भएका छन्.


न ४ ख ६४८ नम्बरको यात्रु बाहक बस आज बिहान करीब १० बजे तिर कैलालीको बलिया–८ डुँडेझारीमा दुर्घटना भएको हो.

सिउनी– ६ बर्दियाका २२ वर्षीय प्रकाश खड्का र एक महिलाको दुर्घटनामा परि मृत्यु भएको छ.

बस मुनि च्यापिएर रहेकी बसेकी महिलाको भने सनाखत हुन सकेको छैन. डोजर मगाई उनको शव निकाल्ने तयारी भैरहेको प्रहरीले जनाएको छ.


घाइते भएका बर्दियाका अक्कल साउद, सुर्खेतका अने नेपाली र नवराज भण्डारीको लम्कीको सिनिय अस्पतालमा उपचार भैरहेको छ भने .

दाङका मनोज चौधरीलाइ भने उपचारको लागि नेपालगञ्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

अर्को बसलाई ओभरटेक गर्न खोज्दा बस पल्टिएको प्रहरीले जनाएको छ.

Link: bus-accident-in-kailali

0 comments:

Post a Comment