
आज बसेको संवैधानिक परिषदको बैठकले लोकमानसिंह कार्कीको नाम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरेको छ |
कार्कीलाई अख्तियारको प्रमुख बनाउने विषयमा धेरै नै विवाद भएको थियो |
कार्कीलाई प्रमुख नबनाउनको लागि दबाब दिन नागरिक समाजका अगुवाले आज सिंहदरवार क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए |
जति सुकै बिबाद र बिरोध भए पनि अन्तत कार्की प्रमुख भएरै छाडे | एकीकृत माओवादीको प्रस्तावमा नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चा सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रले एक मतले परिषद्लाई सिफारिस गरेको आधारमा परिषद बैठकले सिफारिस गरेको बुझिएको छ |
लोकमानलाइ ०६२/०६३ सालको जनआन्दोलन दबाउन ठुलो भूमिका खेलेको आरोप लागेको थियो |
Link : Lokman Singh Karki as the chief of CIAA
Lokman Singh Karki as the chief of Commission for Investigation of Abuse of Authority (CIAA).
0 comments:
Post a Comment