उडिरहेको प्लेनमा पाइलट निदाएपछि ...

By
Advertisement
बैंकक बाट दिल्लीको लागि उडेको एक बिमानमा पाइलट निदाएपछि यात्रु सहित १६६ को ज्यान जोखिममा परेको थियो |

३३ हजार फिटको उचाइमा उडिरहेको विमानको पाइलटलाइ निन्द्रा लागेपछि बिमान एयर होस्टेसलाइ हेर्नु भन्दै छाडेर पाइलट आराम गर्न भन्दै ककपिट बाट बाहिर गएका थिए |

उनले प्लेनलाइ अटोपाइलट मोडमा राखी छाडेर गएका थिए तर एयर होस्टेसहरुका गल्तीका कारण प्लेन म्यानुअल मोडमा आयो |

३३ हजार फिटको उचाई बाट सिधै तल झर्न लाग्यो | यसपछि कुनै तरिकाले पाइलट ककपिटमा गए र प्लेनलाइ नियन्त्रणमा ल्याएर १६६ जनाको ज्यान जोगाए | इएर इन्डियाको पाइलटको यस्तो लापरबाही १२ अप्रिल मा भएको भए पनि भर्खर मात्र सार्बजनिक भएको छ |

१२ अप्रिल मा इएर इंडियाको फ्लाइट नम्बर-३३३ उडेको आधा घण्टा मा नै यो घटना भएको भारतीय संचार माध्यमले जनाएका छन् |

0 comments:

Post a Comment