
संचार मन्त्रालयले दुई वर्ष अघि नै सूर्तिजन्य र मादक पदार्थजन्य उत्पादनको विज्ञापनमा रोक लगाएको थियो |
यो सरकारी निर्णयको अवज्ञा गरि विराटनगरमा भने यस्ता होर्डिङ बोर्ड मार्फत बिज्ञापन गरिरहेको देख्न सकिन्छ |
उत्तेजक मोडलिङ गरि बनाएका यस्ता होर्डिग बोर्ड सडक आसपासमा राख्नाले सबारी चालकले त्यस्ता दृष्यतिर आँखा डुलाउँदा दुर्घटना बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरले जनाएको छ |
नगर क्षेत्रमा ६०० भन्दा बढी संख्यामा रहेका होर्डिग बोर्डहरुमा ३० प्रतिशत भने सूर्तिजन्य र मादक पदार्थका रहेका विराटनगर उपमहानगरपालिका जनाउछ | तर ती होर्डिग बोर्ड हटाउन कुनै सरकारी पहल भएको छैन |
तस्बिर: इमेज च्यानल
Link : Hoardings-board-for-advertisement
0 comments:
Post a Comment