आज बेलुकी पनि पानी पर्न सक्ने

By
Advertisement
मौसम पुर्वानुमान महाशाखाले आज पनि वेलुकी पानी पर्ने संभावना रहेको बताएको छ | मंगलबार बेलुका देखि बेलुकी बेलुकी पानी पर्न थालेको थियो |

बुधबार बेलुकी पनि काठमाडौँ उपत्यका लगायत देशका धेरै ठाउमा पानी परेको थियो |

मौसमविदहरुले यो प्रिमनसुनको समय भएकोले स्थानीय प्रभावकै कारण पानी पर्ने बताएका छन् |

अहिले चर्को घाम लागे पनि बेलुकी पख बुधबार झैँ पानी पर्न सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले बताएको छ |

काठमाडौँमा बिहानको तापक्रम १७ डिग्री सेल्सियस थियो भने दिउँसो तापक्रम बढेर २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने मौसम पुर्वानुमान महाशाखाले अनुमान गरेको छ |


Link: rainfall-will-occur-today

0 comments:

Post a Comment