यौन आनन्दमा असर गर्छन यी औषधिहरुले

By
Advertisement
यौन, प्रकृतिले मानिसलाइ आफ्नो सन्तानको वृद्धिको लागि दिएको यौटा उपहार हो | त्यसो त भन्ने हरु भन्छन यौन आनन्द सबै भन्दा ठुलो आनन्द हो, स्वर्गीय आनन्द हो | हामीले देखेकै छौ, सुन्दै आएका छौ , यहि यौनकै कुराले धेरै को नाता टुटेको छ|

हिजो आज प्रसस्तै यस्ता घटनाहरु देख्न सकिन्छ, श्रीमान बिदेशमा भएको र श्रीमती अर्कै संग यौनसम्बन्ध राखेको , बिदेशमा भएको पुरुषले घरमा श्रीमती हुदा हुदै अर्को संग यौनको लागि अर्को बिहे गरेको |


यौन आनन्द प्राप्तिका लागि मानिसहरुले धेरै उपायहरु अपनाउने गर्दछन | त्यसैले चरम यौन आनन्द प्राप्तिको लागि बजारमा विभिन्न किसिमका यौन सामग्रीहरु पाइने गरेको छ | बिभिन्न खाने चक्की औषधि हरु देखि लिएर यौनि टाइट गर्ने जेल सम्म आएको छ भने लिंगको आकार बढाउने देखि लिएर लिंग ढाक्ने छाला ताछ्ने सम्मको चलन आएको छ |

तर जति गर्दा पनि कोहि कोहिले आफ्नो पार्टनरबाट राम्रो यौन आनन्द प्राप्त गर्न सक्दैनन | कतिपय अबस्थामा औषधिहरुले पनि यौन आनन्दमा असर परिरहेको हुन्छ |

यहाँ केहि औषधिहरुको बारेमा बताइदै छ जुन औषधि मानिसको सेक्स लाइफ मा, यौन आनन्दमा असर गर्दछ |

यौन आनन्दको लागि वा सेक्स को लागी शारीरिक र मानसिक रुपले तयार हुन पर्दछ | तर केहि रोगको औसधि सेवन गर्दा तयार हुनको लागि उत्पादन हुने हर्मोनको उत्पादनमा असर पर्दछ |


  •  ब्लड प्रेसरको औषधिले सेवनले पनि यौन जिबनमा धेरै नै असर पारेको हुन्छ |ब्लड प्रेसर को लागि प्रयोग गरिने क्लोनीडीन, अल्फा मिथाइल डोपर, ग्वानेथिडीन औषधिहरुले यौन इच्छामा कमि ल्याउने गर्दछन | साथै यी औषधिहरुले शरिरमा प्रोलक्टीन हर्मोन को मात्र बढाउने काम गर्छन | जसले गर्दा पुरुषहरुमा नपुंसकता हुने डर रहन्छ |
  •  हर्मोनहरु सम्बन्धि औषधिहरुले पनि यौन जीवनलाइ प्रभाबित परेको हुन्छ | अनाबस्यक रुपमा थाईरोक्सिन औषधिहरुको प्रयोगले पनि यौन इच्छामा फरक पार्दछ |
  • हामी अलिकति टाउको दुख्यो भने पनि पेनकिलर खाने गर्दछौं, वास्तबमा अलिकति टाउको दुख्ने, ज्वरो आउने गर्दा पेनकिलर खाइ हाल्ने गर्नु हुदैन | यसले टाउको दुखाइ वा ज्वरोलाइ कम गरेको जस्तो त हुन्छ तर पछि सम्म शरीरलाई असर गरिराखेको हुन्छ | त्यस्तै पेन किलरहरुले यौन इच्छामा पनि पनि कमि ल्याउने गर्दछ | कतिपयले सेक्स क्षमता बढाउने औषधि र पेन किलरको प्रयोग एकै पटक गर्ने गर्दछन | यसरि एकै पटक दुवै औषधिको प्रयोग गर्दा धेरै साइड इफेक्ट हुने गर्दछ | डाक्टरको सल्लाह बिना यस्तो औषधिको प्रयोग गर्नु हुदैन |
  • अल्सरको उपचारको लागि प्रयोग गरिने सीमेटिडिन, रेनिटिडिन, अल्टेक जस्ता औषधिको नियमित सेवन गर्दा पनि यौन इच्छामा कमि आउने गर्दछ | यी औसधिको सेवनले लिंग कम उत्तेजित हुने पनि गर्दछ |
  •  वास्तबमा डिप्रेसनको आधुनिक मेडिकलमा कुनै औषधि नै छैन र यसको लागि मेडिटेसनको जरुरि हुन्छ | नियमित रुपमा मेडिटेसन गर्नाले डिप्रेसन आफै हराउदै जान्छ | तर हिजो आज बजारमा डिप्रेसनको औषधि भन्दै एन्टी डिप्रेसन औषधि पाइन्छ | यसले डिप्रेसन केहि समयलाइ मात्र कम गर्छ | तर मानिसमा चेतनाको अभाब र मेडिटेसन गर्न अल्छि मान्ने चलनले गर्दा औषधि खाने प्रचलन छ | यो औषधिले यौन इच्छामा कमि ल्याउछ |
  •  कतिपय मानिसहरुलाई निन्द्रा नलाग्ने समस्या हुन्छ | यो समस्याको पनि आधुनिक मेडिकल चिकित्सामा कुनै औषधि नै छैन | तर बजारमा निन्द्राको औषधि पाइन्छ जसले केहि समयको लागि बेहोस बनाइ दिने काम गर्दछ | यस्ता औषधिको प्रयोग सकभर नगर्नु नै राम्रो हुन्छ | निन्द्रा नलाग्ने समस्या छ भने मेडिटेसन गर्नु पर्दछ |


अरु औषधिले जस्तो मेडिटेसनले तुरुन्तै असर देखाउदैन | मेडिटेसन सुरु गरेको केहि हप्ता वा रोगको अवस्था हेरी महिना दिन देखि पनि मेडिटेसनको असर सुरु हुन थाल्दछ | त्यसैले नियमित रुपमा मेडिटेसन गर्ने गर्नु पर्दछ | तर यो पक्का छ कि मेडिटेसन गरे पछि निन्द्रा नलाग्ने समस्या भने पूर्ण रुपमा हल हुन्छ |

नियमित मेडिटेसन गर्नाले स्वास्थ्यमा अरु पनि सकारात्मक प्रभाब पार्छ |

यदि तपाइहरु यी माथि उल्ल्लेखित औषधिहरु नियमित रुपमा सेवन गरिरहनु भएको छ र आफ्नो यौन इच्छामा कमि आएको महसुस गर्नु भएको छ भने तुरुन्त चिकित्सकको सल्लाह लिनु होला |

--एजेन्सीको सहयोगमा

( यदि तपाइहरु संग यौन सम्बन्धि वा अन्य कुनै समस्याहरु छन् भने हामीलाई फेसबुक मा म्यासेज पठाउन सक्नुहुन्छ हाम्रो फेसबुक ठेगाना हो fsansar @ facebook.com वा www.fb.com/fsansar )

effect-of-medicine

0 comments:

Post a Comment