कोकाकोला पिउदा गयो ज्यान

By
Advertisement
अध्याधिक कोकाकोला सेवनका कारण न्यूजिल्याडमा एक महिलाको मृत्यु भएको छ । तीन वर्षदेखि मुटुको विरामी रहेकी ३० वर्षीया नाताशा हैरिसले हरेक दिन १० लिटर सम्म कोकाकोला पिउने गरेको उनको स्वास्थ्य रिपोर्टमा उल्लेख गरिएको छ ।

यसरि अत्यधिक कोकाकोला पिउनु नै उनको मृत्युको प्रमुख कारण बनेको छ | पोस्ट मार्टममा संलग्न रहनु भएका अफिसर डेविड क्रेयरले कोकाकोला अत्यधिक पिएका कारण उनको हृदयमा असर परेको बताएका छन् |
हृदयमा असर परेको कारण उनको मुटुको धड्कन कहिले अत्यधिक कम अनि कहिले अत्यधिक बढी हुने गरेको थियो |

टेलिभिजन न्यूजिल्याण्डको रिपोर्टमा पनि दिनहु १० लिटर कोक पिएको कारण उनको शरीरमा १ किलो चिनी र ९ सय ७९ मिलिग्राम केफिन बनेको बताइएको थियो |
उनका परिवारका अनुसार उनको धेरै समय अघि देखि कोकाकोला पिउने लत नै बसेको थियो | यडी उनले कोकाकोला पिउन छाडेमा काप्ने गर्दथीन | कोकाकोला अत्यधिक सेवन गर्न थालेपछि उनको दांत सडेको थियो |

तर कोकाकोला कम्पनीले भने उनको मृत्यु कोकाकोला को सेवनले भएको भनेर प्रमाणित नभएको दाबि गरेको छ |

0 comments:

Post a Comment