सरकारले खान पकाउने एल पी जी ग्यासको मुल्यमा अत्यधिक मुल्यबृद्धि गरेपछि विभिन्न विद्यार्थी संगठनले काठमाडौमा प्रदर्शन सुरु गरेका छन् ।नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्ववियु लगायतका विद्यार्थी संगठनले बुधबार विहान ९ बजेदेखि काठमाडौको बिभिन्न क्याम्पस अगाडि विरोध प्रदर्शन र एक घण्टा चक्काजाम गरेका छन् ।
खान पकाउने ग्यासमा धेरै घाटा बेहोर्नु परेको भन्दै गत फागुन १ गते देखि २ थरि सिलिन्डरको व्यवस्था गरेको थियो | रातो रंगको सिलिन्डर घरयासी प्रयोजनको लागि र निलो रंगको सिलिन्डर ब्यबसायीक प्रयोजनको लागि प्रयोग हुने आयल निगम स्रोत बताउछ |
सरकारले घरायसी प्रयोजनको लागि प्रयोग हुने ग्यास सिलिण्डरमा अनुदान दिने बताएको छ तर अनुदान रकम बैंक बाट लिनु पर्ने छ | अनुदान दिदा पनि ग्यासको मूल्य भने अहिलेको भन्दा बढी नै हुन आउछ |
ग्यास सिलिन्डरको मुल्यमा चर्को वृद्धि गरेपछि विद्यार्थी तथा मजदुरले आन्दोलन गरेपछि काठमाडौँको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ |
आन्दोलनकर्ता हरुले सरकारले निर्णय नसच्याए सम्म आन्दोलन जारि रहने बताएका छन् |

0 comments:
Post a Comment