
कोइराला निवास महाराजगन्जमा आज बिहान भएको भेटवार्तामा काँग्रेसबाट कोइराला तथा माओवादीबाट उपाध्यक्ष सिपी गजुरेल र सचिव देव गुरुङ सहभागी हुनुहन्थ्यो ।
भेटपछि काँग्रेस सभापति कोइरालाले वर्तमान सरकारमा सहभागी दलहरुको नेतृत्वमा सहमतीय सरकार गठन हुन नसक्ने र अबको सरकारको नेतृत्व सरकार गठबन्धन दल बाहिरबाट खोज्नुपर्नेमा दुई दलबीच सहमति भएको बताउनुभयो ।
माओवादी सचिव गुरुङले सहमतीय सरकारको कुरा गरे पनि वर्तमान प्रधानमन्त्री कुनै हालतमा पद नछोड्ने मनस्थितिमा देखिएकाले सरकारविरुद्ध आन्दोलनको विकल्प नभएकामा दुईदलबीच सहमति भएको बताउनुभयो ।
वर्तमान सरकारको वहिर्गमनपछि सरकारको नेतृत्व बारेमा दुवै दलले विकल्प खुला राख्नेबारेमा पनि छलफल भएको सचिव गुरुङले बताउनुभयो । रासस
0 comments:
Post a Comment