
अत्तरिया (कैलाली), ७ मङ्सिर । कैलालीको भजनीमा हतियारसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।
आज बिहान ५ बजे इलाका प्रहरी कार्यालय भजनीको टोलीले एक थान कटुवा पेस्तोल, एक थान भरुवा बन्दुक, एक राउन्ड गोली र एक खोकासहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत लखीमपुर खिरीका ३० वर्षीय बुदा मुनसुरी, सिङ्हीका २२ वर्षीय सुरज लोनिया र १८ वर्षीय राजनकुमार ठाकुर रहेको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक पदमबहादुर बिष्टले बताउनुभयो ।
कैलालीको खैलाड–४ खुरहुरियामा स्थानीय ४० वर्षीय जनकबहादुर चौधरीलाई गोली हानेर भाग्दै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।
गोली प्रहारबाट घाइते चौधरीको कानको तल गोली लागेको र उनको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनाले हतियारसहित भैँसी चोर्न आएको प्रहरीसामु बताएका छन् ।
यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । रासस
0 comments:
Post a Comment