
काठमाडौँ, २ कात्तिक । रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने भाडाका सवारी साधन आज सञ्चालन हुन सकेका छैनन् ।
बुधबार बिहान सो रुटमा चल्ने बा२ख १८९२ नम्बरको माइक्रोबसले ठक्कर दिँदा स्थानीय मच्छिन्द्र महर्जन र प्रकाश महर्जनको मृत्यु भएपछि स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गरी यातायात सञ्चालनमा अवरोध गरेका हुन् ।
कीर्तिपुर यातायात व्यवसायी सङ्घका सदस्य कालुबहादुर श्रेष्ठले महानगरीय प्रहरी प्रभाग कीर्तिपुरमा पीडित पक्षसँग सहमति कायम गर्ने प्रयास भइरहेकोले सहमतिपछि सवारी साधन सुचारु हुने बताउनुभयो ।
माइक्रोबस र त्यसका मालिक जुजुभाइ महर्जनलाई प्रहरीले नियन्त्रणमा राखेको उहाँले जानकारी दिनुभयो । रासस
0 comments:
Post a Comment