
एड्स भन्दा पनि डरलाग्दो रोग डेंगु सार्ने लामखुट्टे पोखरामा देखा पर्न थालेको छ | डेंगुको औसधि अहिले सम्म विश्वमै छैन |
यसबाट बच्नु भनेको लामखुट्टेको टोकाई बाट बच्नु नै हो | यो रोग सार्ने लामखुट्टेको शरीरमा सेतो र कालो धर्काहरू हुन्छन | यी लामखुट्टेलाई एडिसज एजिप्टाइ र एडिस एलबोपिक्र्टस नाम दिइएको छ |
हरेक वर्ष विश्वका करिब १२ हजार भन्दा बढीको ज्यान लिने यो रोग अहिले सम्म नेपालका ९ सय भन्दा बढी व्यक्तिलाई `लागिसकेको छ | गत वर्ष चितवनमा ७३९ जनामा यो रोग भेटिएको थियो |
यो रोग सर्ने लामखुट्टेको सम्भावित क्षेत्र खोज्दै सरकारले पोखरामा लामखुट्टेको बासस्थान पहिचान गर्न जिल्ला जनस्वास्थ्य कार्यालयले ८/८ टोलि नै खटाएको थियो |
टोलीले पोखराको धेरै ठाउमा यस्ता लामखुट्टे भेटिए पछि पोखरामा डेंगुको खतरा बढेको देखिएको छ | यस रोगको उपचार नहुने भएकोले जिल्ला जनस्वास्थ्य कार्यालयले लामखुट्टे मार्ने अभियान संचालन गर्न लागेको छ |
कार्यालयले परिचालन गरेको विशेष टोलीले सहरका विभिन्न ठाउँमा एडिज लामखुट्टेका लार्भा र प्युपा भेट्टाएको र एक हप्तामै
ती लामखुट्टे बनेर उड्ने र थप जोखिम बढ्ने हुनाले एक साता अघि नै त्यसलाई नस्ट गर्ने योजना बनाएको जिल्ला जनस्वास्थ्य कार्यालय पोखराले जनाएको छ |
यो रोगबाट बच्न लामखुट्टेलाइ भगाउनु नै उत्तम भएकोले घर वरिपरी फोहोर नगर्नु राम्रो हुनेछ | घर वरिपरी पानी जमेर बस्ने खाल्टाहरु छन् भने त्यसलाई पुर्नु पर्दछ |

0 comments:
Post a Comment