विद्यार्थीलाई रुवाउदै भोकभोकै १० घण्टा स्कुलमै थुनेर मनाइयो शिक्षा दिवस(With Video)

By
Advertisement
बाल अधिकारको बारेमा नै सिकाउनु पर्ने शिक्षक शिक्षिकाले बिध्यार्थीहरुलाइ भोक भोकै १० घण्टा सम्म बिद्यालयमा थुनेर राखेका छन् | नेपालमा शनिबार बिद्यालय सबै बन्द नै रहन्छन |

हप्ताको १ दिन शनिबार सरकारले नै दिएको सार्बजनिक बिदा हो, तर गत भदौ २३ गते शनिबार म्याग्दीको प्रकाश उच्च माध्यमिक बिद्यालय भने खुल्लै थियो | बिद्यार्थीहरु स्कुल ड्रेस मै बिद्यालय आएका थिए |




राष्ट्रिय शिक्षा दिबस तथा अन्तराष्ट्रिय साक्षरता दिबसको अबसरमा जिल्ला शिक्षा कार्यालयले आयोजना गरको एक कार्यक्रममा बिहान १० बजे देखि बेलुका ६ बजे सम्म स्कुले बिद्यार्थीलाई भोक्कै थुनेर रखिएछ | कतिपय विद्यार्थी त झन खाना पनि नखाई कन बिद्यालय आएका थिए | यसरी बिहान देखि राति सम्म भोक्कै बस्नु पर्दा धेरै बिध्यार्थीहरु त यसरि रोइरहेका देखिन्थे .. हेर्नुहोस यो भिडियो रिपोर्ट ..

यसरि बिध्यार्थीहरुलाइ थुनेर बालबालिकाको अधिकार हनन गर्ने लाइ के कारबाही गर्नु पर्छ कि नाइँ ??

एभिन्युज टेलिभिजनद्वारा तयार एन पि भिडियोको सहयोगमा....

0 comments:

Post a Comment