
उदयपुरको हटिया बस्ने एक किशोरीलाई घरमा काम खोजि दिने भन्दै घरमा ल्याएर बन्धक बनाई यौनशोषण गरेको खुल्न आएको छ | उदयपुरको हटिया बस्ने परियार थरकी १४ बर्षीया किशोरीलाइ ३२ बर्षीय राज लिम्बूले काम खोजिदिने प्रलोभन देखाई एक महिना सम्म बन्धक बनाएको प्रहरीले जानकारी दिएको छ |
घरमा ल्याएर सहारा दिने भन्दै शरीरक सम्बन्ध राख्न बाध्य पारिएको पिडित किशोरीले बताएकी छिन |
बाबुले कान्छी आमा ल्याएको र आफ्नी आमाले पनि अर्कै युबक संग बिबाह गरेपछि हजुरबुबा हजुर आमा संग बस्दै आएकी थिइन | काम खोज्न हिडेकी उनको भेट राज संग उदयपुरबाट दमक आउदा बदमा भएको थियो र त्यहाँ नै राजले घरमा काम खोजिदिने भन्दै प्रलोभन देखाएका थिए |
राजको उक्त प्रलोभनमा परि किशोरी राज संगै उसको घर गएकी थिइन | आफु माथि शारीरिक शोषण भएपछि बाध्य भएर भाग्दा हल्ला भएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए र इलाका प्रहरी कार्यालय धरानले शनिबार बेलुका धरान–८ स्थित भोटेपुलबाट उद्धार गरेको हो |
पीडक राज लिम्बुलाई नियन्त्रणमा लिइ बन्धक बनाएर जवर्जस्ती करणी गरेको भन्दै मुद्दा दर्तागरि कारबाही अघि बढाएको प्रहरी निरिक्षक देवी फागोले बताए |

0 comments:
Post a Comment