पहिलो उडान देखि नै दुर्घटनाको सुरुवात

By
Advertisement
हिजो अर्थात् सेप्टेम्बर २८ सन् २०१२ ( २०६९ अशोज १२ ) एउटा चरा बिमान मा ठोक्किनाले १९ जना बिमान यात्रुले ज्यान गुमाउनु परेको थियो |

वास्तबमा बिमानको पहिलो उडान देखि नै बिमान दुर्घटनाको शृंखला सुरु भएको रहेछ |

सन् १९०६ मा राइट दाजुभाइले निर्माण गरेको 'राइट मोडेल ए'नामको बिमान पनि दुर्घटना भएको थियो भने सन् १९०८ को १७ सेप्टेम्बरमा अमेरिकाको भर्जिनियाको सैन्य पोस्ट फोर्ट मेयरमा उडानको प्रदर्शन गर्ने क्रममा प्राबिधिक कारणले बिमान दुर्घटना भएको थियो |

उक्त बिमानमा ओर्भिल राइट घाइते भएका थिए भने बिमानमा रहेका अमेरिकी सेनाका प्रथम लेफ्टिनेन्ट टामस सेलफ्रिजको मृत्यु भएको थियो | उनि नै बिमान दुर्घटनामा ज्यान गुमाउने विश्वकै पहिलो व्यक्ति हुन् |

स्विट्जरल्यान्डको जेनेभामा केन्द्र भएको एयर क्राफ्ट क्रेसेज रेकर्ड अफिस (एसीआरओ) को अनुसार सन् १९९९ देखि २०११ सम्म भएको २ हजार १ सय ७९ विमान दुर्घटनामा १७ हजार ९ सय २८ यात्रुको मृत्यु भएको छ ।

बिमान राम्रो संग मर्मत नगर्नाले सन् १९८५ मा जापान एयर लायन्स फ्लाइट १२३ पहाडमा ठोक्कीएको थियो | यो दुर्घटनामा ५ सय २० यात्रुको मृत्यु भएको थियो | एउटा बिमान दुर्घटनामा धेरै मान्छेको मृत्यु भएको यो नै पहिलो रेकर्ड थियो |

पहाडमा ठोक्किएर र जमिनमा झरेर मात्र होइन आकाशमा दुइ बिमान ठोक्किएर पनि बिमान दुर्घटना हुने गरेका छन् | सन् १९९६ को नोभेम्बर १२ मा भारतको हरियाणाराज्यको चर्खी दादरी गाउँको आकाशमा साउदी फ्लाइट ७६३ र एयर कजाखस्तान फ्लाइड १९०७ जुध्दा दुवै विमानको यात्रु र कर्मचारी सहित ३ सय ४९ ले ज्यान गुमाएका थिए |

एयर कजाखस्तान फ्लाइड १९०७का चालकले निर्देशित उचाइभन्दा तल विमान उडाएकाले यो दुर्घटना भएको थियो |

उडान अगाडी बिमानको अवस्था राम्रो संग चेक नगर्नु, मौसमको खराबी,चालकको लापरबाही, विमानस्थलको पूर्वाधार कमजोर हुनुले गर्दा धेरै जसो बिमान दुर्घटना हुने गरेका छन् |

तस्बिर: ए एफ पि

0 comments:

Post a Comment