मोबाइलले दिने भो यौन शोषणको जानकारी

By
Advertisement

महिलाहरु घरमै अनि बाहिर पनि यौन शोषणमा पर्ने सम्भावना हुन्छ | बैज्ञानिकहरुले यो समस्यालाई मध्यनजर गरि मोबाइल बाट साथीभाइ तथा परिवार अनि प्रहरीलाई खबर पुर्याउन मिल्ने बनाएका छन् |

महिलाहरु माथि कुनै यस प्रकारको घटना घट्ने बित्तिकै मोबाइलबाट प्रहरी नातेदार तथा परिवार जसजसको नम्बर रजिस्टर गरिएको छ उनीहरुलाई खबर जाने गर्दछ |


अमेरिकी एक कम्पनिले तयार परेको यो एप्सलाइ ‘लाइफ लाइन रेस्पोन्स’नाम दिइएको छ | आईफोन र एन्ड्रोइड दुवैमा चलाउन मिल्ने यो एप्स हाल लाइ भने अमेरिकामा सुरु गरिएको छ र केहि पछि संसारका जुनसुकै देशमा यसले काम गर्नेछ |

यो एप्स बाट सेवा लिनको लागि आफ्नो मोबाइलमा यो एप्स डाउनलोड गरेर इन्स्टल गर्नु पर्ने हुन्छ र यसलाई अँ गरेर राख्नु पर्दछ | यसलाई अन् गरेको अबस्थामा मात्र यसले काम गर्दछ |

0 comments:

Post a Comment