यहि हो बाघ र शिंहको पहिलो बच्चा (फोटो र भिडियो सहित )

By
Advertisement
सुन्दा अचम्म लाग्न सक्छ, कतै बाघको बच्चा पनि बिरालो संग बस्छ त भनेर तर यहाँ यस्तै भएको छ |

 विश्वमै पहिलो पल्ट शिंह(lion) र बाघ(Tiger) को क्रस गरि बच्चा जन्मेको छ , जसको नाम कियारा (Kiara) राखिएको छ |

करिब एक महिना अघि रशियाको साइबेरियामा रहेको नोवोसिबिर्स्क चिडियाघरमा (Novosibirsk Zoo , Siberia) मा जन्मेको उक्त लिलिगरको जिउ शिंहको जस्तो छ भने टाउको हेर्दा ठ्याक्कै बाघ जस्तो देखिन्छ |



लिलिगर लाइ जन्माएकी ८ बर्षीय बघिनीले आफ्नो बच्चालाइ पर्याप्त दुध पुर्याउन नसकेपछि चिडियाघरका कर्मचारीले लिलिगर लाइ बोतलबाट दुध खुवाईरहेका छन् भने अचम्मको कुरा उक्त लिलिगरलाइ आमाको माया भने एक पाल्तु बिरालोले दिइरहेको छ | हाल लिलिगर बिराली संगै रहने गर्दछ |

बिरालीले लिलिगरलाइ आफ्नै सन्तान जस्तै गरि उसै संग खेल्ने, उसलाई नुहाइदिने, र तातो बनाएर राख्ने गरेकी छ |

लिलिगरलाइ जंगलमा छाडिने छैन र यसलाई मानिसहरुले अक्टोबर देखि मात्र हेर्न पाउने छन् |


0 comments:

Post a Comment