कोशीमा खतराको संकेत, रातो झण्डा देखाइयो

By
Advertisement


विगत केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण सप्तकोसी नदीमा आज पानीको जलस्तर निकै बढेको छ। पूर्व क्षेत्र प्रहरी कार्यालय रानीका अनुसार कोसी नदीमा आज पानीको बहाव एक लाख ६४ हजार १० क्यूसेक पुगेको छ।


कोसी ब्यारेजको ५६ वटा ढोकामध्ये २७ वटा ढोका खुल्ला गरिएको तथा ब्यारेजको पूर्वी तथा पश्चिमी तटबन्धमा खतराको सूचक रातो झन्डा गाडिएको प्रहरीको भनाइ छ।

हिजो कोसीको जलस्तर एक लाख ५८ हजार ३३० क्यूसेक रहेको थियो। रासस

0 comments:

Post a Comment