प्रमाणित सुकुम्बासीले दिए पुन: थापाथली फर्कने चेतावनी

By
Advertisement
थापाथलीको यु एन पार्क बाट जबरजस्ती हटाएको सुकुम्बासीको ब्यबस्थापनमा सरकाले बेवास्ता गरेकोले सुकुम्बासी प्रमाणित ५८ परिवार सुकुम्बासीहरुले त्यहि नै फर्कने चेतावनी दिएका छन् |

आउदो सनिबार देखि नै पुरानो ठाउमा नै फर्की बाँसको अस्थायी टहरा बनाई बस्ने योजना बनाएको सुकुम्बासीहरुले बनाएको कुरियागाउँकी मञ्जु अधिकारी कान्तिपुरलाई बताएकी हन |


सुकुम्बासीहरुको बासको कुनै पनि विकल्प तयार नगरी सरकारले जबर्जस्ति थापाथलीको यु एन पार्क बाट हटाएको थियो |

सुकुम्बासीको बिरोधमा ३ दिने ललितपुर बन्दको घोषणा

तिना महिना सम्म पनि आफुहरुको बस्ने स्थानको कुनै टुंगो सरकारले नलगाए पछि पुरानै ठाउमा फर्कन लागेको उनीहरुले बताएका छन् |

प्रमाणिकरण नगरेको लाइ चाही ब्यबस्थापन गर्न लागेको तर प्रमाणिकरण भइ सकेकाहरुको बारेमा भने सरकारले बसोबासको कुनै व्यवस्था नगरिदिए पछि उनीहरुले यस्तो कदम चाल्न लागेका हुन |

पाएनन बस्न सुकुम्बासीले सुन्दरीघाटमा

प्रमाणित भएका ५८ परिवार सुकुम्बासीलाई सरकाले तिन महिनाको लागि घर भाडा भनेर एकमुस्ट १५ हजार प्रति परिवार वितरण गरेको थियो |

सरकारले सुकुम्बासीको लागि भनेर इचंगु नारायणमा नौ रोपनी जग्गा भने किनी सकेको छ |

तर सुकुम्बासी लाइ थापाथलीबाट हटाएको तिन महिना बिती सक्दा पनि सरकारले दिर्घकालिन ब्यबस्थापनको बारेमा कुनै सुनुवाई गरेको छैन |

0 comments:

Post a Comment