नेपालमा नआउदै टाइगरले नेपालमा आतंक फैलाई दिएको छ | टाइगर नेपाल नआउदै टाउको दुखाइको बिषय बनेको छ | कुरा हो हिन्दी चलचित्र "एक था टाइगर"को | भारतमा झैँ नेपालमा पनि अगस्ट १५, बुधबार, हिन्दी चलचित्र एक था टाइगरको भब्य रिलिज गरिदै छ |
अत्यन्तै चर्चा भएको सलमान खानको यो फिल्म पोखरा, नारायणगढ, धरान, हेटौंडा सहित काठमाडौंलगायत मुख्य सहरमा फिल्म लाग्नेछ भने काठमाडौंको क्युएफएक्स मल्टिप्लेक्सका ६ वटा हलमा पहिलो दिन मै २१ शो राखिएको छ।
नेपालमा "एक था टाइगर"लाइ गोपीकृष्ण मुभिजले ल्याएको हो | यसको यति धेरै शो राखिएपछि शुक्रबार रिलिज हुन लागेका नेपाली चलचित्र 'हेलो प्रकृति' र 'लभ इज लाइफ'का निर्माताहरु चिन्तामा डुबेका छन् |
"एक था टाइगर" धेरै चल्यो भने यसको असर नेपाली रिलिज हुन लागेका चलचित्रमा पक्कै नै पर्ने छ |
काठमाडौँको कलंकी हलमा पहिला पहिला नेपाली चलचित्र मात्र चलाउने गरिन्थ्यो तर यो हलमा पनि एक था टाइगर चल्ने भएर पछि निर्माताहरुको सातो गएको हो |
नेपाली फिल्म वितरक नरेन्द्र महर्जनका अनुसार रिलिज हुन लागेका चलचित्रहरु मल्टिप्लेक्सका दर्शकलाई लक्षित गरिएको नेपाल चलचित्र नभएकोले डराउनु पर्ने कुनै कारण छैन |

0 comments:
Post a Comment