
आफ्नै निजि सवारी साधन छैन, अफिसमा रति सम्म काम गरेर फर्कन गाह्रो छ भने अब तपाइँको दुख दुर हुने भो |
शुक्रबार अर्थात भोलि भाद्र १ गते देखि राजधानीका विभिन्न रुटमा (चक्रपथ र भित्रका केहि रुटमा) बेलुका ८ बजे देखि राति ११ बजे सम्म रात्री बस सेवा संचालन हुन लागेको हो |
बैशाख १ गते देखि नै रात्रिबस संचालनमा ल्याउने भनिएको भए पनि ब्यबसायीले सुरक्षा लगायत अन्य कुराहरुको कारण देखाई चलाउन नसकिने बताएका थिए |
महानगरपालिकाले यातायात ब्यबसायी ४५ लाख अनुदान दिई सुरक्षाको लागि प्रत्येक बसमा हतियार सहितका २ सुरक्षाकर्मी र सिसिटिभीको समेत ब्यबस्था गरिदिएपछि रात्रि बस संचालन हुने भएको छ |
अहिले यात्रुको सहजको लागि दिउसैको भाडादरमा बस संचालन हुन लागेको हो |
शुक्रबार साँझ ७ बजे उपप्रधान तथा परराष्ट्रमन्त्री नायारयणकाजी श्रेष्ठले रत्नपार्कबाट रात्री सेवाको बसको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

0 comments:
Post a Comment