स्थानीय नेत्र रानाको अनुसार पहिरोमा पुरिएर घनश्याम वि।क।को श्रीमती र तीन सन्तानको मृत्यु भएको हो । मृत्यु हुनेमा १३ वर्षीय छोरा उमेश वि.क, ११ वर्षीय छोरी मुना र ६ वर्षीय छोरी विपनाका साथै घनश्यामकी पत्नी ३९ वर्षीय भवि वि.क छन् ।
ठुलो लुम्पेकको ५ नं वडाको दानसिंग जाने मोटरबाटोको छेउ भासिएर गएको पहिरोले वि.क परिवारको कच्ची घर पुरेको थियो । घर मुली घनश्याम वि.क र १० वर्षको छोरा केशर वि.क भने स्थानीय बासिन्दाको तत्कालै उद्धार पाएर सुरक्षित भएका छन् ।
रिडी इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारको अनुसार उद्धारका लागि चौकीबाट प्रहरी निरीक्षक बिनी माधन पौडेलको नेतृत्वमा प्रहरी टोली हिँडिसकेका छन् ।
0 comments:
Post a Comment