भारतमा पनि सुरु भयो डाक्टरले दिएको निर्देशनबाट रोबोटले अपरेसन गर्न

By
Advertisement
प्रताप सी रेड्डीले चेन्नईबाट सुरु गरेको एपोलो अस्पतालले भारतमा पनि 'रोबोटिक सर्जरी" सुरु भएको छ |

एपोलो अस्पतालको संख्या विश्वभर ५४ वटा रहेको छ


एपोलो संगै भारतमा 'रोबोटिक सर्जरी" गर्ने अस्पताल ५ पुगेका छन् | '

रोबोटिक सर्जरी" गर्ने रोबोटलाई १० करोड भारु मा अस्पतालले किनेको थियो |


रोबोटले गरिदियो पहिलो कलेजो प्रत्यारोपण



एक महिनामा २५ बिरामीको 'रोबोटिक सर्जरी" गरिसकेको छ |

यस प्रविधि बाट अपरेशन गर्दा अरु बिधि भन्दा लगभग ७०-८० हजार महँगो हुने भए पनि अपरेशन गर्दा चिरफार कम हुने, रगत कम बग्नुका साथै दुखाइ पनि कम हुने हुन्छ |

कसरि गरिन्छ त यो प्रबिधि बाट अपरेशन ?
बिरामीको शरीरमा सानो भिडियो क्यामरा जडान गरिन्छ | र त्यहि भिडियो क्यामेराको मदत ले बिरामीलाइ डाक्टरले देख्न सक्छन र डाक्टरको दिएको निर्देशनमा रोबोटले अपरेशन सुरु गर्दछ |

यस अपरेशनमा डाक्टरले अरु विधिमा जस्तो उभिइरहनु पर्दैन | कुर्सीमा बसेर मेसिनबाट बिरामीलाइ हेर्ने गरिन्छ | मेसिनमा डाक्टरले हेरिरहेका छन् भने मात्र रोबोटले अपरेशन गर्ने गर्दछन यदि डाक्टरले मेसिनबाट हेरेका छैनन् भने रोबोटले अपरेशन गर्दैन |

यो रोबोट बाट अपरेशन गर्नको लागि पहिला डाक्टरले तालिम लिएको हुनु पर्दछ | एपोलोले रोबोटिक सर्जरीको अन्तर्राष्ट्रिय गाइडलाइन अनुसार नै अस्पतालमा काम भैरहेको बताएको छ |

यसरि खर्च अलि बढी परे पनि धेरै फाइदा हुने हुनाले यो प्रविधिले छिट्टै नै अपरेशनको अरु विधिलाई प्रतिस्थापन गर्न सक्छ |

0 comments:

Post a Comment