
नेपालमा धेरै जसो ससाना घटनामा पनि बन्द हुने गर्दछन | कहिले जिल्ला बन्द, यातायात बन्द, स्कुल तथा कलेज बन्द, उपत्यका बन्द, तथा नेपाल बन्द | सुन्दा पनि दिक्क लाग्ने भै सकेको थियो | हिजो आज त्यति धेरै बन्द नभए पनि जेठ १४ ताका धेरै बन्द भएको थियो |
यो वर्ष अखण्ड सुदुर पश्चिम भन्दै सुदुर पश्चिम धेरै समय सम्म बन्द रह्यो | नेपाल बन्द र उपत्यका बन्द त धेरै पटक भए | यसरि बन्द हुँदा देशलाई तथा त्यस क्षेत्रमा बसोबास गर्ने तथ उधोग ब्यबसाय गर्ने हरु लाई निक्कै ठुलो मर्का परेको थियो |
यिनै कुराहरुलाइ मध्यनजर गर्दै बन्द बिरुद्धको कडा कानुन ल्याउन सर्बोच्चमा रिट दायर भएको छ |
अधिवक्ता भोजबहादुर केसीले दायर गरेको रिटमा हाल सदन नभएको अवस्थामा अन्तरिम संविधानको धारा ८८ बमोजिम अध्यादेशमार्र्फत त्यस्तो कानुन तुरुन्त ल्याउन सरकारका नाममा आज्ञा, आदेश वा पुर्जी जारी गर्न माग गरिएको छ ।
सानो तिनो निहुमा पनि बन्द गर्ने प्रवित्ति बढ्दै गएकोले, बिगतमा पनि संसदले कुनै चासो नदेखाएको तथा सरकारले पनि बन्द बिरुद्द कानुन ल्याउने कुनै तयारी नगरेकोले सर्बसाधारण जनताले निक्कै सास्ती खेप्नु परेको छ |
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र कानुन तथा न्याय मन्त्रालयलाई विपक्षी बनाइएको उक्त रिटमा बन्द एक गम्भिर अपराध हो भन्दै यसलाई सधैको लागि बन्द गर्न कडा कानुन ल्याउनु पर्ने उल्लेख गरिएको छ |

0 comments:
Post a Comment