१ सय ७० वर्ष कैदको फैसला : जिन्दगि पुरै जेलमै बित्ने भो

By
Advertisement
अभियुक्त बजिरसिंह तामाङ प्रहरीको साथ
तपाइहरुले सुन्नु भएको होला जन्म कैद भनेको पनि २० वर्ष सम्म मात्र हुन्छ | तर दोषीलाई सजाय नदिइ उम्काउने र शुसासन नै नरहेको देखिने देश नेपालमै अपराधिलाई १ सय ७० वर्ष कैदको फैसला भएको छ भन्दा अचम्मित मान्नु होला |

चेलीबेटी बेचबिखन गर्दै आएका बजिरसिंह तामाङलाई १३ लाख जरिवाना र पीडित चेलीलाई जनही १ लाख ५० का दरले ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सहित १ सय ७० वर्ष कैदको सजाय सुनाएको छ सिन्धुपाल्चोक जिल्ला अदालतले |

बुधबार ५ घण्टा लामो बहस गरेपछि जिल्ला न्यायाधीश अनन्तराज डुम्रेको इजलासले मानव बेचविखन तथा ओसारपसार विरुद्धको ऐन २०६४ को दफा १५ (१) को 'क' र 'ख' बमोजिम मानव किनेको, बेचेको तथा दफा १५ (५) अनुसार वेश्यावृत्तिमा लगाएको छुट्टाछुट्टै दुईवटा अभियोग पुष्टि गर्दै यस्तो फैसला सुनाएको हो ।

अभियुक्त तामाङले पटक पटक गरि कयौ किशोरीहरुलाई लेबनान लगेर जागिर लगाइदिने र पढाइदिने प्रलोभनमा पारेर भारत लागेर बेच्ने गरेको पनि खुल्न आएको छ | अभियुक्त तामाङले बेच्नु अघि सबै किशोरीको अस्मिता लुटेन गर्दथे |

उनीहरुको ठुलो गिरोह नै सक्रिय रहेको र धेरै अघि देखि किशोरीहरुको बेचबिखन गर्दै आएको पनि खुल्न आएको छ |सिन्धुपाल्चोक जिल्लाको मात्रै २६ जना बेचिएको कानुन ब्यबसायी दाबि गर्दछन |

धेरै पटक सम्म धेरै जना किशोरीहरुको बेचबिखन गएको भन्दै पटके माग दाबीबमोजिम थप सजाय हुने पनि अदालतले गरेको फैसलामा उल्लेख गरिएको छ |

सिन्धुपाल्चोक र आसपासका किशोरीहरुलाई विभिन्न प्रलोभन देखाई बेच्ने अभियुक्त तामाङको भारतको आग्रा सहरस्थित सहिद नगरमा कोठी पनि रहेको अदालत ले ठहर गरेको छ | उनि २०६७ मङ्सिर १४ गते पक्राउमा परेका थिए |

0 comments:

Post a Comment