
दुई किशोरीमाथि यौन शोषणका प्रत्यक्षदर्शी किशोर १२ दिनदेखि बेपत्ता छन्। आश्रममै रहेका १३ वर्षीय किशोर मनोज थापा र १० वर्षीय प्रेम सुनार एकाएक बेपत्ता भएका हुन्। तीमध्ये थापा घटनाका प्रत्यक्षदर्शी हुन्।
रुपन्देहीको मधवलिया-४, कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रमका प्रबन्ध निर्देशक आशिष थापाले आश्रममा रहेका बालिकालाई यौन शोषण गरेको यी किशोरबाट खुलेको हो। घटनाका प्रत्यक्षदर्शीलाई बेपत्ता गराएर मुद्दालाई कमजोर बनाउने षड्यन्त्रको रुपमा यो घटनालाई लिइएको छ। असार १८ गते बिहान ५ बजे आश्रम बाहिर निस्किएका उनीहरु त्यसपछि सम्पर्क बाहिर रहेको जिल्ला बाल कल्याण अधिकृत राज्यलक्ष्मी गुप्ताले बताइन्। ‘उनीहरुबारे खोजतलास गर्न हामीले प्रहरीमा निवेदन दिएका छौं, प्रहरीले खोजी गरिरहेको जानकारी दिएको छ,' उनले नागरिकलाई भनिन्।
हिमालयन टेलिभिजनको प्राइम स्टोरीमा सहयोगमा यो भिडियो रिपोर्ट
‘हराइरहेका ती बालकका आफन्त कोही नभएकाले एकाएक हराउनुको रहस्य छ,' यौन शोषण प्रकरणको अनुसन्धान गरिरहेका रुपन्देही जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले भने।
रुपन्देही जिल्ला अदालतले प्रारम्भिक सुनुवाई गर्नुभन्दा केही दिनअघि प्रत्यक्षदर्शीलाई यौन शोषणको अभियोग लागेका आशिषका बाबु रमेश थापाले बेपत्ता बनाएको आशंका गरिएको छ। ‘घटनाका प्रत्यक्षदर्शीलाई गायब गरे मुद्दालाई कमजोर गराउन सकिन्छ भन्ने अभियुक्तका आफन्तलाई लागेको हुनसक्छ- एक प्रहरी अधिकृतले भने।
प्रहरीले पीडित किशोरीको बयानसँगै प्रत्यक्षदर्शीमा थापाको बयान पनि राखेको र अदालतमा थापा उपस्थित भएर आफूले देखेको बयान दिए मुद्दा बलियो हुने भएकाले आशिष परिवारले बेपत्ता बनाएको हुनसक्ने अनुमान गरिएको हो। प्रत्यक्षदर्शीलाई मात्रै बेपत्ता गराउँदा शंका हुने भएकाले अर्को एक बालकलाई पनि बेपत्ता गराएको हुनसक्ने प्रहरी स्रोतको भनाई छ।
समाचार -नागरिक

0 comments:
Post a Comment