ल हेर्नुहोस विश्वकै सबैभन्दा ठुलो जिन्स पैन्ट

By
Advertisement

एउटा जिन्स पैन्ट को साइज कत्रो होला सामान्यतया २.५-७ फीटसम्मको उचाई र १-३ फीटसम्मको चौडाईको जिन्स पैन्ट हामी कल्पना गर्न सम्म सक्छौ तर Guinness World Record मा दर्ता गर्न सिलाइएको एउटा जिन्स पैन्टको उचाई १४१ फीट(४३मि.) र चौडाई ९८ फीट(३०मि.) छ भने तौल ७.५ टन छ | जसको आकार प्रदर्शन गर्नकै लागि पैन्टलाई भुइमा बीच्छ्याएर पैन्टको भित्रि भागमा ठुला ठुला बेलुनहरु राखेर प्रदर्शन गरिएको थियो |


खल्तीहरु, राता टाँकहरुका साथमा खैरो पेटी भएको उक्त पैन्टलाई प्रदर्शन गर्न तीनवटा क्रेनको प्रयोग गर्दा पनि नपुगेर चौथो क्रेन खोजि गर्न सुरु गरिएको थियो तर कर्मचारीहरुको बठ्याईका कारण यसलाई बेलुनको प्रयोग गरि प्रदर्शन गरिएको थियो| पुरानो रेकर्ड तोड्दै यसलाई कोलम्बियन कम्पनीले निर्माण गरेको हो|

अहिले सम्म रेकर्डमा रहेको मध्ये सबै भन्दा ठुलो जिन्स पैन्ट कोलोम्बियामा बनेको ११४ फीट(३५मि) उचाई र ८२ फीट(२५मि.) चौडाई भएको जिन्सलाई माथ खुवाउदै यो विश्वको सबै भन्दा ठुलो जिन्स पैन्ट बन्न पुगेको छ |

0 comments:

Post a Comment