विमानस्थलमा भित्र नै पार्वतीले झापड हानेपछि रुदै निस्कीन हवल्दार

By
Advertisement

बिमानस्थलमा बत्ति गएर एक्सरे मेसिन नचले पछी प्रहरीले नै सबै यात्रुको झोला चेक गर्नु परेको थियो | मंगलबार बिहान बुद्ध एयरको उडान को बेलामा सबै यात्रुको समान चेक गर्ने क्रममा पार्बतीको पनि समान चेक गरिन प्रहरी हवल्दार बिना दराइले |

साधारण पोसाक मा आएकी पार्बतीले आफुलाई नचिनेको र सम्मान पुर्बक समान चेक नगरेको र सरिरको खानतलासी लिएको भन्दै दुइ झापड हानेकी थिइन | पार्बती थापा डिआइजी हुन् |

सामान चेक गरिरहेकी हवल्दार बिना रुदै निस्केपछि त्यहाँ कार्यरत अन्य कर्मचारी र नेपालगन्ज जान लागेका अन्य यात्रुहरु अचम्मित भएका थिए |

पिटाइ खाएपछि बिनाले भक्कानो छाडेर रुदै आफु पिटिएको कुरा ड्युटी इन्चार्जलाई बताउदै लापरबाही गरेर जाच्दा पनि नहुने राम्ररी जाँच्दा पनि पिटाइ खानु पर्ने भन्दै गुनासो गरेकि थिइन |

यस सम्बन्धमा डीआईजी थापाले भने कुनै प्रतिक्रिया जनाएकी छैनन् | एक प्रहरी अधिकृत भन्छन जाच नगरी जान मन लागे विशिष्ठ व्यक्ति जाने मार्ग बाट गएको भए हुन्थ्यो तर सार्बजनिक स्थलमा सादा पोसाक मा आएर यसरी नचिनेको भन्दै पिट्न मिल्दैन |

धेरै प्रहरीले डीआईजी थापाविरुद्ध प्रहरी मुख्यालयमा उजुरी गर्न हवल्दार बिनालाई सुझाब दिएका थिए | सधै यसरि हेपिएर, कुटाई खादै बसेर कसरि काम गर्ने ? प्रहरी को तर्क छ |

0 comments:

Post a Comment