
भोजपुरा राज्य समितिको टोली नेता बनाउने विषयमा विवाद भएपछि एमाओवादी माओवादीको सातौं विस्तारित बैठकमा कुर्सि हानाहान भएको छ | बाबुराम पक्षको नेताले पनि बोल्ने कि प्रचण्ड पक्षको नेताले भन्ने कुरामा नै विवाद भएको जानकारी प्राप्त भएको छ |
अत्यन्त तनाबको स्थिति भएपछि बैठक स्थगित गरिएको छ | पार्टीको आन्तरिक विवाद बाहिर आएकोले संचारकर्मीलाई पनि रोक लगाईएको छ |
बैठक सुरु हुने बित्तकै बाबुराम पक्षका बलिदान साहलाइ प्रचण्डको प्रतिबदन माथि बोल्न बोलाइएको थियो | साह बोल्दा बोल्दै मञ्च र तल रहेका प्रचण्ड पक्षका नेता तथा प्रतिनिधिले हुटिङ र हल्ला गरेका थिए |
बोल्न थालेका आफ्ना पक्षका नेतालाई अवरोध गरेको भन्दै बोल्ने नपाउने प्रथाको अन्त्य हुनु पर्छ भनेर बाबुराम र देबेन्द्र पौडेलले असन्तुष्टि जनाए | त्यसपछि गुटबन्दी सुरु गर्ने तिमी नै हौ भन्दै प्रचण्ड पक्षधर जनार्दन शर्मा प्रभाकरले प्रधानमन्त्री माथि नै हात हाल्न खोजेपछी सँगै रहेका पौडेल, डिलाराम आचार्य लगायतका नेताहरुले छेकेका थिए |
आफु पक्षको नेतालाई हात पात गर्ने खोजेको भन्दै बाबुराम पक्षधरका नेताहरुले चर्को हुटिंग गरेपछि बाबुराम पक्षधरका कार्यकर्ताहरुले पनि प्रचण्ड माथि कुर्सि बर्साएका थिए |
अहिले समाचार संकलन गर्न गएका पत्रकारहरुलाई बैठकस्थलको गेट मै रोकिएको छ | बैठक भृकुटी मण्डप भइरहेको थियो |
केहि नेताहरु बाहिरिएको खबर प्राप्त भएको छ | बैठकको बन्द सत्रमा समूह छलफल र टोली नेताहरुले बोल्ने क्रम जारी छ । अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको दस्तावेज उपर १४ वटा समूहका टोली नेताले धारणा राख्ने क्रम चलिरहेको थियो ।
बिहीबार ७ समूहका टोली नेताले बोलेका थिए बाँकीले आज बोल्ने क्रम थियो ।

0 comments:
Post a Comment