८ बर्षीय सेफ ले पास गरे Microsoft Certified Technology Specialist

By
Advertisement
एउटा आठ बर्षको बच्चाबाट के आशा गर्नु हुन्छ तपाई? यो उमेर मा त तपाई बाट उसले आशा गर्ने हो नि ? तर यहाँ अचम्म छ |

एक आठ बर्सको बच्चा "Microsoft Certified Technology Specialist" बनेका छन् | यो संगै उनि सबै भन्दा कम उमेरको Technology Specialist बनेका हुन् |

पाकिस्तानका ८ बर्षीय सेफ थोबनिले Microsoft expert बन्नको लागि दिएको परिक्षामा ९१ % ल्याएका थिए |

१३ महिना उनले कठिन तयारी गरेका थिए | बिहान ७:३० बजे उनि स्कुल जान्थे र दिउसो १.३० मा फर्कन्थे | र दिउसो २:३० देखि रति ८ :३० सम्म उनि उनको बुबा संगै बुबाको अफिसमा कम्प्युटर को कक्षा लिने गर्दथे |

उनि क्यालकुलेटर बिना नै गणितका कठिन हिसाबहरु पनि हल गर्न सक्दछन् | शेफले चार बर्सको उमेर मा नै कम्प्युटर मा काम गर्न सुरु गरेका थिए |


0 comments:

Post a Comment