दिलशोभाले स्याहार गरेका जस्ता खाने गास र बस्ने बास नभएका बालबालिका र वृधवृधाहरु लाखौंको संख्यामा छन् । तर नजरमा ल्याउने काम विजय कुमारको दिशानिर्देशले दिलशोभाको कहानी बनाएको बेला, यो उदाहरण सामुन्ने आयो । दिलशोभाले स्याहार्दै गरेका ९१ जना बालबालिका र वृधवृधाहरु बस्ने घर समेत कुनै धुर्तव्यक्तिले बैंकमा धितो राखिदिएर ऋण लिएर फरार भएछ । तर त्यसको साउँव्याज तिर्नका लागि दिलशोभाले आफै दुःख गरेर तिर्दै गरको खबर छ ।
अघिल्लो सरकारका अर्थमन्त्री भरत मोहन अधिकारीले १० लाख सहयोग गरेछन् । ६ लाख उनी आफैले आफन्तको सहयोगमा जुटाएर १६ लाख तिरी सकेकी छन्, ५ लाख अझै तिर्न नसकेर टिभीको कार्यक्रममा धुरुधुरु रोएको यी कथित उच्चपदस्थहरुले देखेका त पक्कै होलान्, तर …………..निर्दयीहरू, पाँचपाँच वर्ष देखि खाइपाई आएको सुविधा नखोसिने प्रपञ्चको निरन्तरता कसरी गर्ने भन्नेमै ध्याऊन्न छन् । उनीहरुलाई, जनताको खाँचो र राज्यको दायित्व भनेको के हो समेत थाह छैन ।
हेरौ पत्रकार बिजय कुमार र आमा दिलशोभाको कुराकानी

0 comments:
Post a Comment