
बाहिर अरु केटिसंग वा अरुको श्रीमती संग सुतेर प्रहरीको खोरमा गएका मान्छेहरुको बारेमा त हामीले धेरै पढेका छौ सुनेका छौ तर आफनी श्रीमती संग सुत्दा पनि जेल जानु पर्यो भन्दा अलि अनौठो लाग्न सक्छ |
धेरै यस्ता घटनाहरु नेपालबाहिर घट्छन तर यो घटना भने नेपाल मै घटेको हो | घटना हो मकवानपुर निवासी रामप्रसाद दर्जीको घरको |
श्रीमतीले नचाहदा नचाहदै जबर्जस्ति सेक्स गरेको भन्दै रामप्रसाद बिरुद्द उनकै श्रीमतीले मुद्दा दायर गरेपछि रामप्रसाद जेल गए |
जबर्जस्ति करणीको मुद्दा परेपछि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ |
असार ४ गते पक्राउ परेका रामप्रसादले श्रीमतीलाई ज्वरो आएको र आफ्नो इच्छा नहुदै नहुदै जबर्जती करणी गरेको उनको
श्रीमतीले बताएकी छिन |
सधै जसो रक्सि खाएर आउने रामप्रसादले रक्सीले मातेर उनकी श्रीमती कुट्ने पनि गरेको खुल्न आएको छ | जिल्ला अदालत ले उनीमाथि परेको मुद्दाको फैसला गर्दै चार हजार धरौटी राखी छुट्न सक्ने ब्यबस्ता पनि गरेको थियो तर उनीसंग धरौटी राख्ने रकम नभएपछि उनि जेल बस्नु परेको हो |
0 comments:
Post a Comment