चार्ज गर्न नपर्ने यो मोबाइल

By
Advertisement
Can you imagine mobile phone without battery charger ??
android System आए पछि धेरै मोबाइल कम्पनीले आफ्नो mobile को operating System software मा  यसलाई अपनाए | Android System निक्कै नै प्रचलित भएको छ | Iphone पछि विश्वका धेरै मान्छेले मन पराउने System हो यो | तर mobile कम्पनीमा अग्रस्थानमा रहेको नोकिया ले भने यसलाई अपनाउनुको सट्टा आफ्नै पुरानो operating System नै प्रयोग गर्ने गर्यो र यसको कारणले अलि महँगो मोबाइल किन्नेहरुले अन्य कम्पनीको मोबाइल किन्न थाले |



Samsung , Sony जस्ता कम्पनीले operating System को रुपमा android System लाइ अपनाए र विभिन्न मोडेलका सेटहरू बजारमा ल्याए र आफ्नो बजार विस्तार गरे |

गत वर्ष नोकियाको नाफामा निक्कै कम आयो | android System को कारणले आफ्नो बजार अरुले लिदै गरेको नोकिया ले राम्रो संग देखि रहदा नोकियाले आफ्नो सिस्टम परिवर्तन गर्ने विचार भने गरेन तर प्राप्त जानकारी अनुसार नोकियाले अब चार्जर बिनाको मोबाइल बजारमा ल्याउने तयारी गरिरहेको छ | यसको लागि गरिएका परिक्षणहरु बाट पनि निक्कै सफलता प्राप्त भएको छ | केहि समयमै बजार आउने यो मोबाइलले निक्कै नै बजार पाउने आशा गरिएको छ |

मोबाइल फोन को पछाडी राखिएको सोलार प्यानलको सहायताले ब्याट्री चार्ज आफै हुन्छ | चार्जर बोक्न झन्झट मान्नेहरु तथा नेपाल जस्तो बिजुली बिना धेरै घण्टा बिताउनु पर्नेहरुको लागि भने यो मोबाइल सेट उपयोगी साबित हुनेछ |

कतै यात्रा गर्दै हुनु हुन्छ भने पनि ब्याट्री सकिने समस्या बाट मुक्त हुनु हुनेछ अब नोकिया को यो नया सेट |

चाइनिज कम्पनी ZTE ले यो भन्दा अगी नै सोलार बाट चार्ज गर्न मिल्ने सेट तयार गरेको थियो |