
विश्व हल्लाउने अमेरिकालाई नै हल्लाउन सक्षम भएका, अमेरिकी गोप्य दस्तावेज खुलासा गर्ने विकिलिक्सका संस्थापक जुलियन असाञ्जलाइ पछिल्लो साता ब्रिटेनको सर्वोच्च अदालतले स्वीडेन फर्कन आदेश दिएपछी लण्डनस्थित इक्वेडर दूताबासमा रहँदै आएका असाञ्जले इक्वेडरसंग शरण मागेका छन ।यद्यपि इक्वेडर सरकारले भने उनको निवेदनउपर विचार गरिरहेको जनाए पनि उनलाई शरण दिने वा नदिने भन्ने बारेमा केहि पनि बलेको छैन । इक्वेडरको राजधानी क्वोटोमा विदेशमन्त्री रिकार्दो पतीनोले पत्रकारसँग कुरा गर्दै भने- 'इक्वेडर यो आग्रहको अध्ययन र विश्लेषण गरिरहेको छ।'
विश्वभर फैलिएका अमेरिकी दूताबासका गोप्य दस्तावेज विकिलिक्समार्फत् सार्वजनिक गरेर धेरै सरकार तथा नेताहरुको वास्तविकता खुलासा गराएकै कारण उनका दुश्मनहरु बढेका थिए । उनको कार्यप्रति अमेरिका क्रुद्ध छ। जसले गर्दा असाञ्जलाई ब्रिटेनको सर्वोच्च अदालतले असाञ्जविरुद्ध यौन अपराधको मुद्दा चलिरहेको स्वीडेन फर्कन आदेश दिएको भएपनि स्वीडेनको सो मुद्दाकै कारण उनलाई अमेरिका पुर्याइन सक्छ भन्ने त्रास उनलाई परेकोले उनलाई स्विडेन जानु भन्दा इक्वेडरमै बस्नु सुरक्षित लागेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।
स्वीडेनबाट उनलाई अमेरिका सुपुर्दगी गरिएमा अमेरिकामा अमेरिकी कानुनअनुसार मुद्दा चलाइने त्रासका कारण असाञ्ज शरण खोजिरहेका छन्। इक्वेडर सरकारको प्रतिक्रियापछि असाञ्जले एक विज्ञप्ति जारी गर्दै भनेका छन्- 'कृतज्ञ छु इक्वेडरका राजदूत तथा सरकार मेरो निवेदनमाथि विचार गरिरहेका छन्।' उनि आफ्नो ज्यानको मायाकै कारण स्विडेन जान चाहदैनन् किनकि उनलाई थाहा छ उनि स्विडेन जानेबित्तिकै, ढिलोचांडो अमेरिका सुपर्दगी हुन्छन, जुन उनलाई मन्जुर छैन । अमेरिकाको गोप्य दस्तावेज सार्वजनिक गरेको अभियोगमा अमेरिकाले उनलाई हदैसम्मको कारबाही गर्न सक्छ भन्ने उनलाई राम्रै संग थाहा भएकाले नै उनले स्विडेन जान नचाहीरहेका हुन सक्छन भन्ने कुरालाई नकार्न सकिन्न ।
0 comments:
Post a Comment