के सत्यमेव जयते बन्द हुने नै हो त ?

By
Advertisement
will satyamave jaytay closed ?
सुरुकै दिनमा निक्कै चर्चा कमाएको र धेरै खोज तथा अनुसन्धान पस्चात सुरु गरिएको टेलिभिजन कार्यक्रम सत्यमेब जयते बन्द हुने अबस्थामा पुगेको छ | भारतमा रहेका धेरै समसामयिक मुद्दाहरुलाइ यस कार्यक्रम बाट अमिर खान ले प्रस्तुत गर्दै छन् | भारतमा रहेको दाइजो प्रथा, महिला हिंसा. भ्रुण हत्या, गर्भपतन, प्रेम र प्रेमिकालाइ गरिने व्यवहार, तथा बाल यौन दुर्ब्यबहार आदि जस्ता ठुलै कुराहरु को बारेमा सत्य तथ्य यो कार्यक्रम बाट बाहिर आएको थियो |

सबै भन्दा ठुलो कुरा त स्वास्थ्य क्षेत्रमा हुने ठगिको बारेमा यो कार्यक्रमले डाक्टर तथा औषधि बिक्रि वितरण मा हुने काला कर्तुत हरु सार्बजनिक गरियो | त्यसले डाक्टरहरु निक्कै नै क्रोधित भए |

मान हानि को मुद्दा हाल्ने धम्कि समेत दिइयो, २ रुपैयाको औषधि, कमिसन ले गर्दा ४०० -५०० पुगेको तथ्य सार्बजनिक मात्र गरेनन उनले | डाक्टरले ४०-५० % कमिसन लिने हुनाले औसधिको मूल्य बढेको पनि प्रष्ट पारे |


सिमित केहि व्यक्तिहरु यो कार्यक्रम बाट आफ्नो पर्दा फास भएको भन्दै रिसाए पनि देश तथा विदेश मा रहेको धेरै व्यक्तिहरु यो कार्यक्रम बाट निक्कै नै खुसि भएका देखिन्छन् |

तर प्रसारण को केहि समय पछि नै अनलाइनमा रेकर्डेड कार्यक्रम आउने तथा ११ बजेको ब्यस्त समय जो सबै अफिसमा, कार्यालय मा, आफ्नो काम मा व्यस्त रहेको बेलामा यो कार्यक्रम प्रसारण हुने हुनाले यसलाई प्रसारण हुदै गर्दा हेर्ने मानिस निक्कै कम भए |

थोरै मानिसले मात्र यो कार्यक्रमको लाइब हेर्ने र प्राय धेरै ले रेकर्डेड अनलाइन बाट हेर्ने भएको ले बिज्ञापन दिने दाताहरु सन्तुष्ट हुन सकेनन | आफुले करोडौ लगानी गरेर बिज्ञापन दिएको कार्यक्रममा संख्या नै कम भए पछि उनीहरु बेखुस भएका हुन् |

सत्यमेव जयतेको लागि अमिर खान को लोकप्रियता हेरेर नै एयरटेलले २० करोड रुपैया सुरुमा नै दिएको थियो | त्यस्तै अन्य प्रायोजकहरु एक्सिस बैंक, स्कोडा, कोका कोला र जॉनसेन एंड जॉनसेनले सहयोगी प्रायोजक को रुपमा १३ वटा कार्यक्रमको लागि भनेर अगाडी नै ७ करोड दिएका थिए |

कौन बनेगा करोडपति, बिग बोस जस्ता कार्यक्रम निक्कै चर्चित भएकोले बिज्ञापन दाताले पनि यो कार्यक्रमबाट निकै आशा गरेका थिए | तर यहाँ उल्टो भइ दियो |

रेटिंग एजेंसी टीएएमका अनुसार दुरदर्शन तथा स्टार को ९ वटै च्यानल बाट प्रसारण गर्दा पनि टि आर पि ३.२ मात्र भयो जुन धेरै नै कम हो |

सत्यमेव जयतेले प्रत्यक १० सेकेण्ड बिज्ञापनको ८ देखि १० लाख लिने गर्दछ | तर कौन बनेगा करोडपति को १० सेकेण्डको ३ देखि ४ लाख थियो | यसरि रेटिंग (Rating) कम भएपछि बिज्ञापन दाताहरुले हात निकाल्ने सुर गर्दै छन् |

यदि बिज्ञापन दाताले हात निकाले भने यो कार्यक्रण बन्द नहोला भन्न सकिन्न | यद्यपी यसले जनताको मन भने जितेको छ र धेरै वटा नराम्रा कुकार्यहरुलाई रोक्न मदट गरेको छ | यसको धेरै नै सकारात्मक असार परेको छ |

0 comments:

Post a Comment