१८ महिना सम्म कोमामा, प्रेमिकाको आवाजले ल्यायो होस्

By
Advertisement
माया प्रेम भन्ने कुरा पनि अचम्म हुन्छ | यसले दुनिया रुलाउछ, दुनिया हसाउछ, दुनिया भुलाउछ | अचम्मको कुरा त यसले मरिसकेको मान्छेलाई पनि बचाउछ |

हो यस्तै चमत्कार भएको छ बेलायत मा | मैथ्यू टेलर नामक एक युबकको टाउको मा चोट लागे पछि उ कोमामा गएको थियो |

इन्डोनेशियामा इंग्लिश पढाई रहदा एंडा नुरूल संग उसको प्रेम बसेको थियो | करिब १८ महिना अघि एक्सिडेन्ट भएर टाउकोमा गम्भीर चोट लागेपछि उसको होस् हरायो अनि उ कोमामा गएको थियो |र उसलाई बेलायत ल्याइएको थियो |

गम्भीर चोटको कारण करिब १८ महिना देखि कोमा मा नै रहेको उक्त व्यक्ति फोन मा आफ्नो प्रेमिकाको स्वर सुनेपछि होस् मा आएको थियो |
प्रेमिका तिन महिना सम्म बेलायत मा उनकै साथमा रहेकी थिइन तर भिसा सकिएपछि इन्डोनेशिया गएकी प्रेमिकाले फोन गर्दा मैथ्यु कि आमाले फोन मैथ्युको कान मा फोन लगाइदिए पछि चल्न खोजेको थियो |

मैथ्यु बोल्न नसक्ने अबस्थामा भए पनि टाउको हल्लाएर उनले जवाफ दिन थाले पछि उनको स्वास्थ्यमा भएको शुधारले चिकित्सक पनि छक्क परेका छन् |

0 comments:

Post a Comment